अख्तियारमा एक हजार उजुरी, ठूला माछा निश्चिन्त  

काठमाडौं। ‘ठूला माछा समात्ने’ होहल्ला मच्चाएर नेतृत्व पुगेका प्रमुख आयुक्त र आयुक्तले कनिष्ठ कर्मचारीलाई ‘रंगेहात पक्रेर’ आफ्नो अस्तित्व जोगाउँदै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरी पर्ने क्रम बढ्दै गएपनि राजनीतिक संरक्षण पाएका कैयौं व्यक्तिलाई पूर्जी समेत काट्न नसकेको भनेर आलोचना हुने गरेको छ। निजामति सेवामा लामो सयम काम गरिसकेका प्रेमकुमार राई तत्कालिन प्रधानमन्त्री केपी ओलीको रोजाईमा अख्तियार प्रमखु भएपछि आयोग झन् सुस्ताएको देखिएको छ। राई नेतृत्वमा पुगेपछि आयोगमा एक हजार ४३२ उजुरी परिसेको छन्। दलीय भागबण्डामा आयुक्त बनेका पूर्व कर्मचारीहरु दोषीमाथि अनुसन्धान गर्नेभन्दा पनि कसरी राजनीतिक संरक्षण दिन सकिन्छ भनेर छानविन गर्ने गरेको जानकार सूत्रले बताएको छ।

यता प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित आयोगमा लिखित ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेको  छन् । 

यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा  ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टङ्गालमा ७९४ उजुरी परेको थियो। 

आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एक उप–सचिव र दुई अधिकृत छन्। 

यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, टङ्गाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससिहत पक्राउ गरेको हो। प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग रु तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ताले बताए। 

यस्तै साउन १८ गते सेवाग्राहीबाट घुसबापत लिएको रु ६ लाखसहित र स्रोत नखुलेको रु १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे। आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो। 
 
त्यस्तै चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले रु ३० हजार घुससहित पक्राउ गर्यो। घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटेलबाट सेवाग्राहीको ३० हजार घुसबापतको रकमसहित उनी पक्राउ परेका थिए।  

सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा रु ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। आयोगले आव २०७८÷७९ मा भ्रष्टाचार भएको भन्दै १३१  अरोपपत्र विषेश अदालतमा दायर गरेको थियो। सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो। चालु आर्थिक वर्षको साउन २० गते भित्रमा आयोगले छ आरोपपत्र दायर गरेको छ।
 

प्रतिक्रिया