धनश्याम खतिवडाको माग– प्रधानन्यायाधीस चोलेन्द्रको मतियारलाई पनि छलफलमा ल्याउ

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाभियोगमाथि संसदमा छलफल गर्ने क्रममा सांसद घनश्याम खतिवडाले उनको मतियार भएकाहरुलाई पनि छलफलमा ल्याउनुपर्ने माग राखेका छन्।

उनले महाभियोग प्रस्तावमाथि ढिलो छलफल सुरु भएको भन्दै आपत्ति जनाए। भने, ‘यो महाभियोग प्रस्ताव ल्याउने तरिका,छलफल गर्ने तरिका नै गलत भयो। त्यसैले चोलेन्द्रका मतियार पनि छलफलमा तानिनुपर्छ।’

सर्वोच्च अदालतलाई कायममुकायमले चलाउने गरी प्रस्ताव ल्‍याएको उनको भनाइ थियो। छलफल  ढिलोगरी सुरु भएकाले यो प्रस्तावको किनारा लाग्नेमा उनले शंका व्यक्त गरे। 

प्रतिक्रिया