युथ–२० साफ च्याम्पियनसिप

भारतलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं। बंगलादेशलाई लगातार दोस्रो पल्ट फाइनलमा पराजित गर्दै घरेलु भारतले युथ–२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भारतको जितमा गुरर्कित सिंह एक्लैले ४ गोल गरेका थिए। भुवनेश्वरमा भएको फाइनलमा भारत ५–२ गोलले विजयी भयो। लगातार दोस्रो पल्ट उपाधि जिताउन हिमाशु जंग्राले अर्को एक गोल गरे। भारतले नेपालमा भएको अघिल्लो संस्करण पनि जितेको थियो। उसले फाइनलमा बंगलादेशलाई नै पराजित गरेको थियो। 

समूह चरणको खेलमा बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोलले पराजित गर्न सफल भए पनि फाइनलमा पुरानो लयलाई कायम राख्न सकेन। फाइनलमा बंगलादेशका लागि सहिम मिया र एमडी राजनले गोल गरे। भारतले लिग चरणको खेलमा नेपाललाई ८–० गोलले पराजित गर्दै लय समाएको थियो। गुरर्कितले पुरै प्रतियोगितामा ८ गोल गरेका छन्। नेपाल र भारतले युथ–२० साफ च्याम्पियनसिपको ४ वटा संस्करणमा २–२ वटा जित्न सफल भएका छन्। 
 

प्रतिक्रिया