उपेन्द्र यादवको संसदीय क्षेत्रमा सिके राउतको ‘इन्ट्री’

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले गत संसदीय चुनावमा आफूले जितेको चुनाव क्षेत्र छोड्ने चर्चा भइरहँदा जनमत पार्टी अध्यक्ष सिके राउतको इन्ट्री भएको छ। सरकारले ४ मंसिरमा चुनाव गर्ने घोषणा गरेको भालि पल्टै जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिएका हुन्। 

कुनै बेला मधेश प्रदेशलाई छुट्टै राज्य बनाउने अभियानमा हिँडेका राउत पछिल्लो समय ओशोधारामा जोडिएका थिए। उनी केही दिनअघि काठमाडौंमा ओशोको ज्ञान लिइरहेको देखिएका थिए। 

भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा सप्तरीबाट जनमत पार्टीले राम्रो प्रदर्शन गरेको थियो। यो क्षेत्रको केही वडामा पार्टीको जित तथा राउतको घर पनि सप्तरीको महादेवा गाउँपालिका–२ मा भएका कारण चुनावमा उठ्न लागेको सिंहको भनाई छ। 

महादेवा गाउँपालिका अध्यक्षसहित वडामा पनि जनमत पार्टीको जित भएको थियो। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिका प्रमुखमा पनि  जनमत पार्टीको जित भएको थियो। 

प्रतिक्रिया