अर्थमन्त्रीसँग काम गर्न नमानेका मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा, पुस्करलाई अस्थाई जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न अनिक्षा जनाएका अर्थ सचिव मधुकुमार मरासिनीको जिम्मेवारी सरकारले तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ। राजस्व सचिव रहेका पुष्करले अर्को सचिव नियुक्त नहुँदासम्म दुवै पद सम्हाल्ने छन्। 

मन्त्रिपरिषदकाे बिहीबार बसेको बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए ।

मरासिनी आफैले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेका थिए। 

प्रतिक्रिया