वयस्क शोकी बेजोड अभिनेत्रीले जितिन् एमी अवार्ड

 

काठमाडौं । यस वर्षको अन्र्तराष्ट्रिय एमी अवार्ड घोषणा भइरहँदा सबैको ध्यान अभिनेत्री हेले स्क्वायरतर्फ सोझिएको थियो । अभिनेत्री एवं नाटककार स्क्वायरले यस वर्ष उत्कृष्ट अभिनेत्रीको एमी अवार्ड जितेकी छिन् । 


बेलायती शो ‘एडल्ट म्याटेरियल’का लागि हेले स्क्वायरले उत्कृष्ट अभिनेत्रीको एमी अवार्ड पाएकी हुन्, जुन यो क्याटोगोरीमा भ्यालेरिया बर्टुचेली, एनी ग्याबरियन र मेना श्यालबी पनि मनोनित थिए । 

कठिन बाल्यकाल 

सन. १९८८, १६ अप्रीलमा दक्षिण लन्डनको फरेस्ट हिलमा जन्मीएकी हेले आफ्ना माता, पिता र ठूलो दाजुका साथ हुर्किइन् । उनी १४ वर्षको हुँदा परिवारले केन्टमा बसाइ स¥यो । आर्थिक अवस्था काम चलाउ थियो । हेलेकी आमा उनी पढने स्कुलमा भान्से थिइन् भने पिता एउटा भिडियो पसल चलाउँथे । 


‘मैले म्याक डोनाल्डस्मा पनि काम गरेको थिएँ, जुन निकै खराब थियो । मैले १६ वर्षको उमेरमा एउटा कल सेन्टरमा पनि काम गरें’, हेलेले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले पहिलो जागिरका रुपमा खेतमा काम गरें, जहाँ मानिसहरु दिनमा टहल्न जान्थे । मैले त्यहाँ क्यान्टीनमा पनि काम गरें । केही छैन, मेरो मनमा ति सबैप्रति सम्मान छ, जो अरु कसैले गर्न नचाहने काम गर्छन ।’


हेलेले कालान्तरमा सिडकपको रोज बु्रफोर्ड कलेजमा प्रशिक्षण लिइन् र सन् २०१० मा बिए (अनर्स)का साथ स्नातक गरिन् । उनको बायाँ हातमा ‘अ मिडसमर ड्रीम’को एउटा उद्धरण कुदीएको छ । जसमा लेखिएको छ, ‘यद्यपी यीनी सानी छिन्, तर भयंकर छिन् ।’


नभन्दै हेलेले चलचित्र र नाटकमा ‘भयंकर’ (अति उत्तम अर्थमा) भूमिका निर्वाह गरिन् । चलचित्र निर्देशक केन लोचको ‘आइ डेनियल ब्लेक’बाट विश्वविख्यात भएकी हेलेले यसै चलचित्रबाट कान्स फिल्म फेस्टीभलमा पाइला राखेकी थिइन् । 

पहिलो चलचित्रको कथा

23DANIEL-jumbo

एक दिन एकजना एजेन्टले निर्देशक केन लोचले नयाँ चलचित्रका लागि कलाकार छनौट गरिरहेको जानकारी दिए । ‘केन सदैव मेरा मनपर्ने चलचित्र निर्मातामध्ये एक थिए । त्यसैले म कास्टीङमा सहभागि भएँ । त्यो कुनै सामान्य कास्टीङ थिएन । मलाई कुनै पटकथा दिइएको थिएन र मलाई थाहा थिएन कि त्यो कसको बारेमा थियो’, हेले स्मरण गर्छिन्, ‘म भित्र गएँ र केनसँग कुराकानी गर्न १० मिनट समय पाएँ । अनि मैले डेव जोन्सका साथ दुइ अरु अडिशन दिएँ । त्यसपछि पनि कुनै पटकथा थिएन । हामीले क्यासेट बजाएरै फरक फरक दृश्यमा अभिनय ग¥यौं ।’


तेश्रो भेटमा मात्र निर्देशक केनले चलचित्र एक ५९ वर्षीया वृद्धाको बारेमा भएको हेलेलाई बताए, जुन भूमिका हेलेले निर्वाह गर्नुपर्ने थियो । निर्देशक केनले के पनि बताए भने वृद्धाको अधिकांश कथा भोक र बाँच्नका लागि गरेको संघर्षमा आधारित छ । त्यसपछि उनी आफ्नो भूमिकालाई निखार्न अध्ययन र अनुसन्धानमा जुटीन् । 


‘मैले यूकेको  एउटा घरबारबिहिन च्यारीटीका साथ काम गरें, जुन खासमा केनको चलचित्र ‘क्याथी कम होम’को परिणाम थियो । उनीहरुले मलाई आफ्ना बच्चासहित होस्टेलमा बस्दै आएका महिलासँग भेट गराए । मैले उनीहरुको अवस्था बुझें । मैले आफुले निर्वाह गर्न लागेको चरीत्रको भोकको मुहार मुद्रा नियाल्ने कोशीस गरें, ताकि कसरी म त्यो भावसम्म पुग्न सकुँ’, हेलेको स्मरण छ । 


अन्ततः २८ वर्षीया हेलेले ‘आइ डेनियल ब्लेक’ चलचित्रमा एक बुढी महिला केटीको भूमिका शसक्त ढँगले निर्वाह गरीन् । १५ वर्षको उमेरमा हुँदा उनले केन लोचकै चलचित्र ‘स्वीट सिक्टीन’ हेरेकी थिइन् । त्यतिबेला उनले भनेकी थिइन्, ‘म पनि चलचित्र बनाउन चाहन्छु ।’ कालान्तरमा तिनै केन लोचको चलचित्रमा काम गरेर हेलेले आफुलाई विश्व विख्यात बताइन् । 


यसपछि हेलेले पछाडि फर्केर हेर्नु परेन । ‘कल द मिडवाइफ’, ‘साउथ क्लिफ’, ‘कम्प्लिकिट’, ‘ब्लड सेल्स’, ‘अ रोयल नाइट’, ‘मर्डर’जस्ता चलचित्रमा बेजोड भूमिका निर्वाह गरिन् । सन् २०२१ मा ‘अन अर्थ’मा पनि हेलेको अभिनय देख्न सकिन्छ । उनको पहिलो नाटक ‘वेरा वेरा वेरा’ हो, जुन रोयल कोर्ट थियटरले निर्माण गरेको थियो । ‘पिचफोर्क डिस्नी’ र ‘लभर्स एन्ड कलेक्सन’जस्ता नाटकमा उनले रंगमंचमा तहल्का मच्चाइन । 


टेलिसिरियलमा पनि उनी उत्तिकै छाएकी छिन् । ‘कल द ब्रदर’, ‘साउथक्लिफ’, ‘मर्डर’, ‘द लस्ट लेग’, ‘एडल्ट म्याटेरियल’जस्ता टिभी शोमा ख्याती कमाएकी हेलेको अब आउने टेलि श्रृंखला हो, ‘एसेक्स सर्पेन्ट’, जसमा उनको मूख्य भूमिका छ । 


उनले आफ्नो करिअरका दजैनौ चलचित्र पुरस्कार हात पारिन् । सन् २०१६ को बेलायती स्वतन्त्र चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीका रुपमा मनोनित भएकी थिइन् । त्यो अवार्डमा उनले मस्ट प्रोमिसिङ न्यूकमर अवार्ड हात पारिन् । सोही वर्ष डेनवर चलचित्र समारोहमा उनले सर्वश्रेष्ठ अभिनेत्रीको जुरी पुरस्कार जितिन् । सोही वर्ष आयोजित इभनिङ स्टान्डर्ड ब्रिटिस फिल्म अवार्डसमा पनि उनले सबैभन्दा उत्कृष्ट सह अभिनेत्रीको पुरस्कार जितिन् ।

सन् २०१७ मा ब्रिटिश एकेडमी चलचित्र पुरस्कारमा सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीका रुपमा मनोनित भइन् । सोही वर्ष आयोजित र्एम्पायर फिल्म अवार्डसमा उनले सर्वश्रेष्ठ महिला नव आगन्तुक अभिनेत्रीको पुरस्कार हात पारिन् । यसपछि उनले अनेक समारोहमा पुरस्कार जित्दै आएकी थिइन् । 

‘एडल्ट म्याटेरियल’की जोलेना

Jolene-Dollar-768x401

एमी अवार्ड उनको पछिल्लो उपलब्धि हो । सन् २०२० मा बनेको ‘एडल्ट म्याटिरियल’ शो अस्तीत्व र मातृत्व तथा जीवन र प्रेमको संघर्षमा आधारित छ । हेलेले यसमा जोलेनाको भूमिका निर्वाह गरेकी छिन्, जुन वयस्क मनोरंजन उद्योग (पोर्न उद्योग)मा अभिनेत्रीका रुपमा काम गर्ने एक्ली आमा हुन् । पोर्न चलचित्रको छायाँकन, त्यसका पर्दा पछाडिका गतिविधिलाई लिएर उत्पन्न ड्रामा, कमेडी र रोमान्स यो शोमा देखाउन खोजिएको छ । 


पोर्न उद्योगमा काम गर्ने क्रममा जोलेना आफ्नो शहरमा मात्र हैन, देशभरमै प्रख्यात हुन्छीन् । उनलाई चाहने धेरै हुन्छन् । जोलेनाले भेटेका व्यक्तिहरुको आ–आफ्नै कथा हुन्छ, जुन यो शोमा बताइएको छ । 


यस्तैमा एक दिन जोलेनाको भेट नव आगन्तुक अभिनेत्री एमीसँग हुन्छ । एमी पनि प्रोन उद्योगमा काम  गर्न चाहन्छीन् । जोलेनले उनलाई आफुसँगै काममा लगाउँछीन्, तर पहिलो दिन एमीलाई यस्तो भूमिका दिइन्छ, जसलाई निर्वाह गर्न एमी तयार हुँदीनन् । केही दिनपछि निर्देशकले एमीलाई त्यो काम गराएरै छाड्छन् ।

जोलेनालाई यो कुरा थाहा हुन्छ । एमीले त्यस्ता दृश्यमा अभिनय गरेको मात्र हैन, लागू औषधसमेत खान थालेको थाहा पाएपछि जोलेनाले आफ्ना तरुनी दिनको सम्झना हुन्छ । र, हेलेको भूमिका यस्तै भावदशा र दृश्यबाट अघि बढछ, जसमा उनले शसक्त अभिनय गरेकी छिन् । 


 

प्रतिक्रिया