नेपालको फाइनल खेल्ने सपना भारतद्धारा चकनाचुर

काठमाडौं। नेपाल युथ–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेशबाट एक पल्ट फेरि चुकेको छ। डिफेन्डिङ च्याम्पियन भारतले मंगलबार राती भएको खेलमा अन्तिम समयमा गोल गरेपछि फाइनल पुग्ने नेपालको सम्भावनामा कुठाराघात भएको हो। 

८९ मिनेटमा गुरकित सिंहले गरेको गोलका कारण मालदिभ्स १–० ले पराजित भयो। यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। 

यसअघि तनावपूर्ण खेलमा बंगलादेश र नेपालले १–१ गोलको बराबरी खेलेका थिए। भारत ९ अंकसहित लगातार दोस्रो पल्ट फाइनल प्रवेश गरेको छ। शुक्रबार हुने फाइनलमा एक पल्ट फेरि बंगलादेश र भारत प्रतिस्पर्धी हुनेछन्। पछिल्लो संस्करणमा पनि यी दुवै टोली फाइनल पुगेका थिए। 

नेपालले यो प्रतियोगिताको सुरुवाती २ खेल मालदिभ्स र श्रीलंकाविरूद्ध उत्कृष्ट खेले पनि भारतसँग अहिलेसम्मै लज्जास्पद प्रदर्शन गर्यो। भारतले ८–० ले नेपाललाई पराजित गरेको थियो। 

प्रतियोगिताको शीर्ष २ टोली फाइनल पुग्ने नियम अनुरुप बंगलादेश अपराजित हुँदै १० अंक बटुलेर फाइनल पुगेको छ।
 

प्रतिक्रिया