मैदानमा किरणको प्रेम प्रस्ताव

काठमाडौं। विदेशी खेलाडी आफ्नो अनौंठो कृयाकलापका कारण चर्चामा रहन्छन्। यस्तै चर्चामा यतिबेला नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान किरण चेम्जोङ छन्। उनले लामो समयदेखि प्रेममा रहेकी कञ्चन निरौलालाई मैदानमै प्रेम प्रस्ताव गरेपछि चर्चामा छन्।

किरणले मालदिभ्समा औंठी लगाइदिएर आफ्नो प्रेमिकासँग बिहेको प्रस्ताव गरेका छन्। उनी आबद्ध क्लब माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले यसै साता धिवेही प्रिमियर लिगको उपाधि जितेको थियो। साेमबार ट्रफ्रि हस्तान्तरण कार्यक्रममा क्लबका साथीहरुसँगै रंगशालामा उपस्थित प्रसंसकहरुको भिडमा उनले कञ्चनलाई प्रस्ताव गरेका थिए। 

त्यतिबेला कञ्चन लजाएकी थिइन भने क्लबका साथीहरुले ताली  पिटेर स्वागत गरेका थिए।  किरण प्रतियोगिताको उत्कृष्ट गोलकिपर चयन भएका छन्। 

kiran

प्रतिक्रिया