युथ–२० साफ च्याम्पियनसिप

भारत अगाडि नेपाल निरिह, ८–० ले पराजित

काठमाडौं। युथ–२० साफ च्याम्पियनसिपको तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतले ८–० ले नेपाललाई पराजित गरेको छ।

यो पराजयसँगै नेपालको फाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ भने नेपालले कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग भोगेको सबैभन्दा खराब पराजय हो। 

३२ मिनेटमा पहिलो गोल खाएको नेपालले पहिलो हाफको खेललाई ०–१ मा राखेको थियो। तर, दोस्रो हाफमा नराम्रोसँग ७ गोल खान पुग्यो। जितसँगै भारतले अंक तालिकामा बंगलादेशपछि दोस्रो स्थान ओगटेको छ। नेपाल तेस्रो स्थानमा खस्किएको छ।

नेपाल र भारतको समान ६–६ अंक छ। तर, बढी गोल गरेको आधारमा भारत माथि परेको छ। नेपालले मंगलबार प्रतियोगिताको बलियो बंंगलादेशसँग खेल्ने छ। उसले भारतलाई पहिलो खेलमा २–१ ले हराएको थियो। भारतले पनि यही दिन मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया