भारतमा मङ्कीपक्सका शंकास्पद बिरामीको निधन

केरला। भारतको केरल राज्यमा मङ्कीपक्सका शंकास्पद बिरामीको निधन भएको छ। केरलका स्वास्थ्य मन्त्री विना जर्जले यसको जानकारी दिँदै मृत्य युवकको उमेर २२ वर्ष भएको बताएका छन्। 

उनले यस विषयमा गहन छानवीन हुने जानकारी दिएका छन्। युवकलाई कुनै गम्भीर समस्या थिएन। शनिबार बिहान उनको निधन भएको बताइएको छ। युवकको स्याम्पल अलाप्पुक्षाको नेशनल इन्स्टिच्युट अफ बायरोलोजीमा परीक्षणका लागि पठाइएको छ। 

मृतक युवा युएईबाट केही दिनअघि फर्किएका थिए। २७ जुलाईमा उनलाई अस्पताल भर्ना गरिएको थियो। 
 

प्रतिक्रिया