बाबुरामले दर्ता गरे दोस्रो पल्ट राजनीतिक पार्टी 

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) बाट निस्कासनमा परेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो नयाँ नेपाल समाजवादी पार्टी दर्ता गराएका छन्। जसपामा प्रवेश गर्नुअघि उनले जनशक्ति पार्टीको नामबाट आफ्नो छुट्टै राजनीतिक पार्टी दर्ता गराएका थिए। तर, त्यसले चुनावमा खासै राम्रो गर्न नसकेपछि उनी जसपामा प्रवेश गरेका थिए। 

यसपालि उनी समावेशी लोकतान्त्रिक पार्टीको नामबाट नयाँ पार्टी दर्ता गराउने अभियानमा थिए। तर, आफू निकट पूर्व विधार्थी नेता दीपक लामिछानेको नामबाट यो पार्टी दर्ता भएका कारण निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टीको नाममा दर्ता गराएका हुन्। 

पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच एउटै राजनीतिक मोर्चा बनाउने विषयमा वार्ता भइरहेको बेला बाबुरामले छुट्टै पार्टी दर्ता गरेका हुन्। नयाँ पार्टीको चुनाव चिन्ह एउटा आँखा राखिएको छ। यो चुनाव चिन्ह नयाँ शक्तिको थियो। खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता गरेका थिए। 


 

प्रतिक्रिया