दक्षिण भारतका स्टार धनुष हिरो होइन, शेफ बन्न चाहन्थे

मुम्बई। दक्षिण भारतका स्टार धनुष ३९ वर्षमा प्रवेश गरेका छन्। उनले यतिबेला दक्षिण भारतमा मात्र होइन, बलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। उनको पुरा नाम, वेङकटेश प्रमु कस्तुरी राज हो। बलिउड बाहेक उनले हलिउडमा पनि काम गरेका छन्। 

धनुषले आफ्नो बुवा कस्तुरी राजको निर्देशनमा बनेको फिल्म ‘थुल्लुवाधो इलामाई’ बाट करिअरको सुरुवात गरेका थिए। हालसम्म उनले ४६ फिल्ममा काम गरिसकेका छन्। उनले ४ वटा फिल्ममा नेशनल अवार्ड जितेका छन्। उनी ‘कोलावारी डि’ गानाबाट चर्चित बनेका थिए। 

फिल्ममा प्रवेश गर्नुअघि उनी शेफ बन्न चाहन्थे। तर, उनको भाईले उनलाई अभिनयमा जान सुझाव दिएका थिए। उनले सन् २००४ मा २३ वर्षको उमेरमा आफूभन्दा २ वर्ष जेठी दक्षिण भारतका मल्टिस्टार रजनीकान्तको छोरी ऐश्वर्यासँग बिहे गरेका थिए। तर, २०२२ मा उनीहरूको पारपाचुके भयो। 
 

प्रतिक्रिया