युथ–२० साफ च्याम्पियनसिप

नेपालको अर्को प्रभावशाली जित, श्रीलंका ३–० ले पराजित

काठमाडौं। युथ–२० साफ च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले ३–० ले श्रीलंकालाई पराजित गरेको छ। समूह चरणको पहिलो खेलमा मालदिभ्सलाई ४–० ले पराजित गरेको नेपालले दोस्रो खेललाई पनि आफ्नो नियन्त्रणमा राख्यो। पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेको अवस्थामा नेपालका लागि कप्तान आयुष घलान र कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। 

पहिलो गोल ५८ मिनेटमा भएको थियो। अभिषेक वाइवाको क्रसलाई श्रीलंकन गोलकिपरले क्लियर गर्न नसकेको अवस्थामा अनमार्क रहेका कप्तान घलानले डिबक्स भित्रबाट गोल गरेका थिए। दोस्रो गोल ६५ मिनेटमा कृतिस रत्न छुन्जुले गरे। उनले पनि डिबक्स बाहिर अनमार्क रहेको अवस्थाको फाइदा उठाउँदै गोल गरेका थिए। 

दोस्रो हाफमा राम्रो मुभ बनाएको नेपालका लागि तेस्रो गोल मनग्य नकर्मीले ८४ मिनेटमा गरे। नेपाल २ खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा छ। आज भएको अर्को खेलमा डिफेन्डिङ भारतलाई बंगलादेशले १–२ गोलले पराजित गरेको छ। नेपालले तेस्रो खेल आइतबार भारतसँग खेल्ने छ। 

प्रतिक्रिया