पूर्व अर्थमन्त्री शर्मामाथि छानवीन सुरु

काठमाडौं। गोप्य साठगाठ गरेर बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको मुद्धामा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन अघि बढेको छ। संसदीय विशेष समितिले सोमबारदेखि प्रहरीको विधुतीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सिसिटिभी फुटेजको विवरणका आधारमा अनुसन्धान अघि बढाएको हो। 

प्रहरी प्रयोगशालाले शिलबन्दी गरेको सिसिटिभी फुटेज समितिलाई बुझाइसकेको छ। अर्थमन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्र रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने नसकिने निर्क्यौलका लागि समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहायता लिएको हो।

शर्मामाथि बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप छ। यही आरोपका कारण उनले राजीनामा गर्नु परेको थियो। समितिको बयानमा शर्माले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए। 
 

प्रतिक्रिया