कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीनबहादुर नियुक्त

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ।  संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले बुधबार सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा गृहमन्त्री बालकृष्ण खाँण नियुक्त थिए। उनी मन्त्री नियुक्त भएपछि रिक्त पदमा यादवलाई ल्याइएको हो। यस्तै, यसअघि सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको पदमा विश्वकर्मा नियुक्त भएका हुन्। 


 

प्रतिक्रिया