जेनिफर लोपेजको चौथो बिहे बेन एफ्लेक्ससँग सम्पन्न

वासिङ्टन। हलिउड अभिनेत्री तथा गायक जेनिफर लोपेजले अभिनेता बेन एफ्लेक्ससँग लस भेगासमा विवाह गरेकी छिन्। ५२ वर्षकी जेनिफर विगत २० वर्षदेखि ४९ वर्षीय बेनसँग सम्बन्धमा थिइन। 

बीचको केही वर्ष उनीहरूको ब्रेकअप भएको थियो। गत वर्ष मात्र पुनः उनीहरू जोडिएका थिए। विवाहपछि जेनिफरले आफ्नो थर परिवर्तन गर्दै जेनिफर एफ्लेक्स राखिन्। 

जेनिफरको यो चौथो विवाह हो। सन् २००२ मा उनी एफ्लेक्ससँग विवाह गर्ने मनस्थितिमा थिइन। तर, सम्बन्ध बिग्रिएपछि दुबैले अन्यत्र बिहे गरे। जेनिफर र बेनको अन्य सम्बन्धबाट बच्चा जन्मिएका छन्। गत अप्रिलमा दुबैले फेरि एकै साथ जिउने बाँचा गरेका थिए। जेनिफरको अघिल्लो श्रीमानबाट २ सन्तान छन्। 

पिपल म्यागजिनका अनुसार जेनिफर र बेनले १६ जुलाईमा बिहे गरेका हुन। 
 

प्रतिक्रिया