अभिनेता सुशान्तको हत्यामा प्रेमिका रियालाई १० वर्ष जेल हुनसक्ने

मुम्बई। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्यासँग जोडिएको ड्रग्ससम्बन्धि मुद्धामा लागु औषध नियन्त्रण विभागले चार्जसीट तयार पारेको छ। जुन प्रमाणित भए, सुशान्तकी तत्कालीन प्रेमिका रिया चक्रवर्ती, उनको भाई सोविक चक्रवर्तीसहित ३३ जनालाई जेलको सजाय हुनसक्ने बताइएको छ।

रियामाथि आफ्नो प्रेमी सुशान्तका लागि ड्रग्स खरिद गर्ने तथा नशाका लागि उनलाई उकास्ने आरोप लागेको छ। यो आरोप प्रमाणित भएमा रियालाई १० वर्ष जेल सजाय हुनेछ। 

सुशान्तको हत्या २ वर्षअघि भएको थियो। उनको हत्यामा संलग्न व्यक्तिको पहिचान अहिलेसम्म हुनसकेको छैन। उनको मुद्धामा लागु औषधको एंगलबाट अनुसन्धान भएको थियो। जसमा रियासमेत उनको भाईहरू शंकाको घेरामा परेका थिए। 

सुशान्तको मृत्युको मुद्धामा विभिन्न अड्कलबाजी भएपछि केन्द्रीय अनुसन्धान विभागले नै सबै जिम्मेवारी लिएको थियो। केन्द्रीय अनुसन्धान विभागले ६ अगस्ट २०२० मा मुद्धा दर्ता गराएको थियो। मुद्धा दर्ता भएयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसकेको छ।  
 

प्रतिक्रिया