केएल राहुल र सुनिल सेट्टीको छोरी बिहे गर्दै

मुम्बई। भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल सेट्टीको छोरी अथियाको विवाह तीन महिनापछि पक्का भएको छ। यी दुई सेलिब्रिटीहरू करिब तीन वर्षदेखि डेटिङमा थिए। 

दुवैको परिवार विवाहको लागि सकारात्मक देखिएपछि तीन महिनाको समय राखिएको भारतीय अखबारहरूले बताएका छन्। विवाहको कुरालाई लिएर राहुलको परिवार आथियाको परिवारसँग भेटघाट गर्न हालै मुम्बई आएका थिए। 

केही दिनअघि केएल राहुल उपचारका लागि जर्मनी पुगेका थिए। उनको साथमा अथिया सेट्टी पनि भएको अखबारले जनाएको छ। इन्जुरीका कारण राहुल इङ्ल्याण्ड भ्रमणमा रहेको भारतीय टिममा समावेश छैनन्। राहुल करिब एक महिना जर्मनीमा हुँदा अथिया पनि त्यही रहने बताइएको छ।

राहुल र अथिया गत वर्ष अहान सेट्टीको पहिलो फिल्म तडपको प्रिमियरमा सँगै देखिएका थिए। 
 

प्रतिक्रिया