ज्योतिष भविष्यवाणी: आगामी निर्वाचनमा ठूला दल खुम्चिने, ठूला नेता हार्ने

आज २०७९ असार २८ गते मंगलबार काठमाडौंको निरयण आकाशको पूर्बी क्षितिजमा ठिक १० बजेर ४४ मिनटमा कन्या लग्नको ५ दशमलव ५७ मिनट ९ सेकेन्ड जाँदा अहिलेको बिश्वमा नै बैज्ञानिक मानिएको दृक सिद्धान्त मुताविक असार २१ गते बुधबार शनिदेव कुँभ राशिमा बक्री धनिष्ठा मंगलको नक्षत्रमा बक्री भएर आजबाट मकर राशिमा सरेका छन्। धनिष्ठा नक्षत्र एक तामसी अग्नीकारक र देवता अष्टबसु मानिन्छ। यो तारा समूहको नाम हो। यो नक्षत्र एक चक्रमा ३० डिग्रीका दरले १२ गुणा ३६० डिग्री हुने नियमले २९३ दशमलव २० डिग्रीदेखि ३०६ दशमलव ४० डिग्रीमा चार चरण वा पदमा बिभाजन हुन्छ। अहिले मकराशिको अन्तिम चरण धनिष्ठाको दोस्रो चरण पार गरेर कुँभ राशी तर धनिष्ठा नक्षत्रको तेस्रो चरणमा प्रवेश ३०० डिग्रीबाट ३०३ डिग्री दशमलव २० डिग्रीसम्म हुनेहुनाले र २४ डिग्री मकरसम्म बक्री भई स्थिर ७ दिन रहने हुँदा नक्षत्रको गणीतले धनिष्ठामा निकै लामै समय रहनेछन्। गुरुको चरण वा पदमा प्रवेश भएको अवश्था छ।

बक्री सात प्रकारका हुन्छन् ऐले शनि बक्री छन्, त्यसपछि अनु बक्री हुँदै मकरको धनिष्ठामै मन्द  हुनेछन्।

यसले ब्यक्ति बिषेष २४ डिग्रीबाट ३० डिग्री भित्र आफ्नो जन्म लग्नमा भएको ग्रहहरू माथि प्रभाव पार्छ र गोचरावस्थाबाट सकारात्मक भए सोही अनुसार र नकारात्मक भए सोही अनुसार फल दिने हुन्छ। शनिको महादशा,शनिको अन्तरमा मंगल वा २४र३६ बर्ष र ३६र४२बर्षकालाई शनि र मंगल जन्म लग्नमा राम्रो भए राम्रो र नराम्रो भए धेरै नै नराम्रो फल दिन्छ। शनि कुन कुन भावमा र कुन कुन राशीमा कति कति डिग्रीमा र अष्टक वर्गमा कस्तो अवस्थामा छ सोही अनुसार फलदिने हुन्छन्। शनि तुलामा उच्च हुनेलाई यो बक्री अवस्थामा नराम्रो फल दिने हुन सक्छन्।

मेदिनीय ज्योतिषमा वा संहिता प्रकरणलाई हेर्दा समग्रमा विश्वमा मिनस्थ गुरूलाई तेस्रो हेराइ कर्कट राशिलाई सप्तम हेराइ र तुलालाई दशम हेराइ भएको कारण बिश्वब्यापी रूपमा धर्म युद्धहरू हुनेछन्। कतै हिन्दु, मुसलमान कतै इसाई मुस्लिम कतै कुन कतै कुन धर्मका बीच युद्ध भड्कने छन्।

२०७९ कार्तिक ५ गतेसम्म अलि बढी नै युद्धको संभावना बिश्वब्यापी रुपमा देखा पर्नेछ। स्पेसवारको समेत संभावना कुनै आकाशीय पिण्ड पृथ्वीमा बजारिने, ठोकिने संभावना रहने पनि हुन सक्छ। दैवि बिपत्ति कतै हिउँ पग्लेर, कतै ज्वालामुखी बिस्फोट भएर अनि कतै बाढी, कतै बम बारुदबाट अनेकौं हुनसक्छ। भूक्षय, भूकम्प र कृषिको फसल बिग्रेर खाद्यान्न संकट परेर अनिकाल पर्ने हुनेछ।

शनिको यो बक्र गति र मकरमा ओर्लनु भनेको मान्छेलाई आफ्नो बिगतमा गरेको कामको मुल्यांकन गर भन्ने हो। यो अवसर असोज २४ सम्म मात्र प्रदान गर्नेछन्, उप्रान्त शनिको नेचर अनुसार दण्ड र पुरस्कारको परिणाम शनिले निश्चित भोगाउने छन्। तसर्थ नेपालमा अन्याय धेरै गरेको छ सत्ताधारीले कार्तिकबाट जनताले सजाय नदेलान् भन्न सकिने ठाउँ छैन। हठात् अकल्पनीय दण्ड र अकस्मात नसोचेको पुरस्कार प्राप्तिका समाचारहरू सुनिनेछन्। कथंकदाचित त्यो अघि नेपालको गणतन्त्र गएन र चुनाव नै भयो भने पनि ग्रहको गोचरीय अवस्थाले ठूलो दल सानो बन्ने, ठूलो नेता चुनाव हार्ने र नसोचेको सानोदल यद्यपि (न्यायीदल) अर्थात् राम्रो सोच बोकेर उभिएको प्रण गरेको दललाई चुनाव जिताउने अवस्था पनि आउन सक्छ।

अन्यायी र देवश्व, ब्राह्मणश्व, शिवश्व अनि राजश्व खानेहरू, जनतालाई छलेर काम गर्नेहरूलाई अकल्पनीय दण्ड शनिले पक्का दिने कुरामा कुनै संदेह नै छैन। भागेर पनि लुक्ने दुलो भेटिने छैन, किनभने यो महाभारतकाल पछि ग्रहहरूको ठूलो फेर बदल हो। शनि बक्र हुँदा धेरै लामो अन्तरालमा धनुबाट बृश्चिकमा र मकरबाट धनुमा अनि कुँभबाट मकरमा जाने क्रम र पञ्च ग्रहको योग, चारग्रहको योग पनि धेरै लामो कालखण्डमा पर्न गएको अवस्था अनि राहुले भरणी नक्षत्रमा गोचर गर्नु रोयणी नक्षत्र पीडित हुनु अंगारक योग अग्नि राशी अग्नि नक्षत्र र अग्नि उप(उप नक्षत्रमा पर्नु बायुकारक ग्रह एकसाथ अग्नि नक्षत्र र आकाश उपनक्षत्र अनि बायु उप-उप नक्षत्रमा गोचर गर्नुले युग परिवर्तनको संकेत देखिन्छ।

महाराजलाई अन्याय परेको अन्तरआत्माबाट महशुस छ भने पुनस् राज्य प्राप्ति हुनसक्छ तर अन्तरआत्माले त्यो ठान्दैन भने प्राप्तिको लागि कठिन हुन्छ। त्यो महाराजलाई नै थाहा हुने कुरा भयो।

शनि न्यायाधीश भएको कारण २०७९ माघ २३ बाट भने कुम्भका मार्गि शनिले नेपालमा न्यायको सिर्जना गर्दै जानेछन्। यद्यपि अब युग परिवर्तनको समय आएको कारण बिश्वमा बिस्तारै मासिएको बैदिक सनातन धर्मको र बुद्ध धर्मको उत्थान हुँदै जाने अहिलेको ग्रह गोचरले देखाइ रहेछ। 

२०८२ सालसम्मको अवस्था अति नाजुक र उप्रान्त बिश्वब्यापी रुपमा न्यायको स्थापना हुने भएकोले पश्चिमीहरूको पतन र पूर्वीयहरूको उत्थानको समय आउने ग्रहको गोचरीय अवस्थाले बिश्वमा डलरको पश्चिमी बाहुल्यताको समाप्ति र रुबल, भारु र युआनको बोलाबाला हुने परिस्थिति देखिँदै देखिँदै जानेछ। अर्थमा पूर्बी मुलुकहरू अघि बढ्नेछन्। आगामी भविष्यमा। अनेकानेक रोग, अनिकाल, युद्ध र प्राकृतिक प्रकोपले धेरै जनसंख्या २०२५ भित्र छाँटिने छ। हामी रहे पनि नरहे पनि आगामी पुस्ताको भविष्य एकदमै राम्रो हुनेछ।                              (ज्योतिषी उदय निरौलाको भविष्यवाणी)

प्रतिक्रिया