नियमावली संशोधनले खुशी भए लगानीकर्ता

काठमाडौं। लगानीकर्ताका तीन संगठनले धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिँदै संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्।
 
नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको विगत लामो समयदेखि नेपालको सेयर बजारको विकास र विस्तारको महत्वपूर्ण कारकको रूपमा रहेको बैंक तथा वित्तीय संस्था वा बैंकको सहायक कम्पनीहरूलाई ब्रोकर लाईसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई को माध्यमबाट ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेकोमा लगानीकर्ताका आधिकारिक संघ संगठनहरू मार्फत लगानीकर्ताहरूको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल लगायत सम्पूर्ण नेपाल धितोपत्र बोर्ड परिवारलाई धन्यवाद ज्ञापन गरेका हुन्। 

पूँजी बजारको विकास र विस्तारमा नेपाल धितोपत्र बोर्डबाट भएको उक्त धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको उनीहरूको धारणा छ। उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, पूँजी बजारको क्षेत्रमा समयानुकुल विकास र विस्तारको लागि तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्नको लागि नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री समक्ष जोडदार माग गरिएको छ।

यस्तो छ संयुक्त प्रेस विज्ञप्ति- Press statement
 

प्रतिक्रिया