मिस इन्डियाको उपाधि कर्नाटकाकी सिनी सेट्टीलाई 

दिल्ली। कर्नाटकाकी २१ वर्षीय युवती सिनी सेट्टीले फेमिना मिस इन्डिया–२०२२ बन्न सफल भएकी छिन्। आइतबार राती मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा सेट्टीले ३१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। 

यो प्रतिस्पर्धामा राजस्थानकी रुबल शेखावत पहिलो रनरअप र उत्तर प्रदेशकी सिनाता चौहान दोस्रो रनरअप घोषित भइन्। 

कर्नाटका घर भए पनि सेट्टीको जन्म मुम्बईमा भएको थियो। उनले अकाउन्ट तथा फाइनान्समा स्नातक गरेकी छिन्। उनी चार्टर्ड एकाउन्टेन्ट विषय लिएर पढिरहेकी छिन्। उनी भारतनाट्यममा पोख्त छिन्। 

पहिलो रनरअप रुबल राजस्थानको शाही परिवारको सदस्य हुन्। उनी पनि डान्स, अभिनय, पेन्टिङकी शौखिन हुन भने ब्याडमिन्टन उनको रुचिको खेल हो। 

प्रतिक्रिया