काली माताले चुरोट तानेको तस्वीरमा बबाल

मुम्बई। फिल्म निर्माता लिना मणिमेकलाईले निर्माण गर्न लागेको डकुमेन्ट्री ‘काली’ को पोस्टरलाई लिएर भारतमा बबाल भएको छ।

leena

पोस्टरमा काली माताको अभिनय गरेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ। २ जुलाईमा पोस्टर रिलिज भएपछि सोसल मिडियामा मानिसहरूले गाली गर्न सुरु गरेका छन्। उनीहरूले धार्मिक भावनामा ठेस पुर्याउन खोजेको आरोप लगाएका छन् र निर्माता लिनालाई तुरुन्त पक्राउ गर्न माग राखेका छन्।

पोस्टरमा एलजीबीटिक्युको झण्डा पनि देखिएको छ। यस विषयमा पनि विवाद उत्पन्न भएको छ। पोस्टरमा काली माताको एउटा हातमा त्रिशुल र दोस्रो हातमा एलजीबीटिक्युको झण्डा बोकेको देखाइएको छ।  
 

प्रतिक्रिया