सलमानको फिल्ममा यो यो हनी सिंहको इन्ट्री

मुम्बई। कुनै बेला सलमान खान र यो यो हनी सिंहबीच सम्बन्ध राम्रो थिएन। तर, सलमानले रिलिजको तयारीमा रहेको आफ्नो फिल्म भाइजानको म्युजिक कम्पोजरको रुपमा हनी सिंहलाई भित्र्याएका छन्। 

यसअघि दक्षिण भारतका हिट कम्पोजर देवी श्री प्रसादले भाइजानको म्युजिक कम्पोजमा काम गरिरहेका थिए। तर, फिल्मको कथा अनुसार संगीत नजमेको भन्दै हनीलाई भित्र्याइएको भारतीय मिडियाले जनाएको छ। 

हनी र देवी श्री प्रसाद पहिलो पल्ट एउटै फिल्ममा पनि काम गर्न लागेका हुन्। फिल्म सलमान खानले निर्माण गर्न लागेका हुन्। यो फिल्मको एउटा गीतमा दक्षिण भारतका सुपरस्टार राम चरणमा देखा पर्नेछन्। फिल्म ३० डिसेम्बरमा रिलिज हुँदैछ। 


 

प्रतिक्रिया