उपत्यकामा नयाँ अनुहार: इश्वर पोखरेललाई रञ्जु दर्शनाको चुनौति 

 

काठमाडौं। केन्द्रीय राजधानी उपत्यकामा पुराना दलका भावी उम्मेदवारलाई नयाँ अनुहारले चुनौति दिने भएका छन्। काठमाडौंका १० निर्वाचन क्षेत्रमै नयाँ अनुहारले उम्मेदवारी दिएर पुरानालाई टक्कर दिने घोषणा हुने क्रममा रञ्जु दर्शनाको उम्मेदवारी प्रचारमा आएको छ। रञ्जुले एमालेका उपाध्यक्ष इश्वर पोखरेललाई चुनौति दिने भएकी छिन्। काठमाडौंको क्षेत्र नम्बर ५ पोखरेलको निर्वाचन क्षेत्र हो। नयाँ अनुहारले महानगरको नेतृत्व हात पारेको राजधानीमा संसदीय निर्वाचनको परिणाम दलहरुकै उम्मेदवारको पक्षमा जानेमा विश्लेषकहरु आशंका गर्न थालेका छन्। 

काठमाडौंको क्षेत्र नम्बर १ मा पुकार बमको उम्मेदवारी घोषणमा भएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको राजनीतिक भविष्यबारे बहस भैरहेको छ।

रञ्जुको उम्मेदवारीबारे विवेकशील साझाका संस्थापक मध्येका एक मिलन पाण्डेले फेसबूकवालमा यस्तो टिप्पणी गरेका छन्–

कुरो २०७० सालको हो। साथीभाइसँग खेलेर घुमेर बस्नुपर्ने १७ वर्षकी युवाले एउटा साहस गरिन्, नेपालको राजनीति बदल्ने। नयाँ राजनीति गर्ने। ‘नेपाल बन्दलाई बन्द’ गर्ने।

उज्वल दाइ, पुकार दाइहरूसँग सडकमा आइन् र भनिन्– म विकल्प बनेर राजनीति सुधार्न अघि सर्छु।

जति बेला देशमा काँग्रेस, एमाले, माओवादीको विकल्प कसैले सोच्न पनि सक्दैन थिए त्यति बेला केहि अपरिचित अनुहारहरू सडकमा आए, नेपालको झन्डा बोके र भनेँ– हामी राजनीति सुधार्छौँ, हामी विकल्प दिन्छौँ, हामी विकल्प बन्छौँ।

फलस्वरूप नेपालमा नयाँ राजनीतिको बहस सुरु भयो। काँग्रेस–कम्युनिस्टको विकल्प छ है भन्ने भयो।

‘अबको राजनीति टायर बाल्ने होइन, फुल रोप्ने हो’ भन्ने सुसंस्कृत राजनीतिको भाष्य निर्माण भयो। नेपालमा नयाँ राजनीतिको सुरुवात भयो। त्यसमा रन्जुहरुको ठुलो देन छ।

मैले एउटा १९ वर्षको युवाले भूकम्प जाँदा रातभर टिचिङ अस्पतालको लास–घरमा गएर फोटो खिचेर मृतकको आफन्तलाई सहयोग गरेको देखेको छु। मैले रन्जुले त्यति बेला २१ वर्षको उमेर महानगरको मेयर बन्छु भनेर साहस गरेको छु। मैले रन्जुको आफ्नो स्वास्थ्यको ख्याल समेत नराखी पार्टी बनाउन यताउता कुदेको देखेको छु।

एउटा युवाले आफू पालिन ÷ इमानको राजनीति गर्नको लागी सेल रोटी बेचेर राजनीति गर्नुको बाध्यता ÷ दृढता सबैले नबुझ्न सक्छन्। आमालाई समाल्दै, पढ्दै, काम गर्दै, आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै, पार्टीभित्रै गणतन्त्रको लागी समेत लड्दै सडकमा आएर फेरी कहिले लोकमान त कहिले गोपाल पराजुली त केपी ओलीकै विरुद्ध लड्नुपर्दाको पिडा सबैले नबुझ्न सक्छन्।

कतिलाई विवेकशीलका कयौँ युवाहरू भोको पेट र पैदल हिँडेर राजनीति गरेको छ भन्ने थाहा नहुन सक्छ। तर, मलाई यी कुरा थाहा छ। मलाई रन्जुको कमजोरी वा गल्तीहरू पनि थाहा छ। मलाई रन्जुको शक्ति र सामर्थ्य पनि थाहा छ।

त्यसैले, कमजोरीलाई सुधार्ने र आफ्नो सामर्थ्यलाई तिखार्ने वाचा सहित अघि बढेकी रन्जुको पक्षमा उभिएको छु।

रन्जु, ईश्वर पोख्रेल (हालका उक्त क्षेत्रका सांसद) भन्दा उन्नत उम्मेदवार हुन्। किन र कसरी आगामी दिनमा आफ्नो विचार राख्दै जाने छु।

रन्जु, जति ग¥यौँ, त्यसका निम्ति सलाम छ तिमीलाई।

बाकी पुरै जीवन छ, सिकौँला। आफूलाई सुधारौला। सिक्दै अघि बढौँला।

तर, जे आवाज सडकबाट सोध्यौँ अब संसद्मा गएर सोध्नु छ। नागरिकलाई प्रतिनिधित्व गर्नु छ। यसपालि लुटतन्त्रलाई ढालेर नयाँ आशा र सम्भावनाको बिउ रोप्नु छ।

उम्मेदवारीका निम्ति बधाई तथा शुभकामना रन्जु।

यता नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख सुवास निरौलाको प्रतिक्रिया यस्तो छ–

वहाँ (रञ्जु दर्शना) चुनाव लड्न मात्र देखापरे जस्तो भयो !! पहिले वहाँ ‘बिवेकशील साझा’ पार्टीबाट चुनाव लडेर राम्रै भावनात्मक भोट पाउनु भएको थियो!! वहाँको त्यो पार्टी टुक्रिएकोले अब वहाँ कुन पार्टी कि स्वतन्त्र भएर संसदीय चुनाव लड्नु हुन्छ ?? यसपालि हामी मतदातालाई धेरै बिकल्प हुने पक्का छ !! 

वहाँ भन्दा पनि अब्बल र कोरोनाकालमा देश र यस क्षेत्रका लागि प्रसस्तै काम गरेका, अमेरिका बाट पि.एचडी. गरेका, युवा र शालीन, पूर्व सैनिक पृष्ठभूमिका अनुशासित ब्यक्ति प्रणय शम्सेर जबराले पनि यसै क्षेत्रबाट आफ्नो उम्मेदवारी दिने घोषणा गरेको पाएका छौं!! अब हेरौ यस ५ नं. क्षेत्रको  लागि कुन उम्मेदवार सबैभन्दा अब्बल हुन्छन, यसपालि तिनै उम्मेदवारको जीत निश्चित छ।
 

प्रतिक्रिया