पछिल्लो समय युवाहरुमा समेत हृदयाघातको समस्या बढ्दै गएकाले त्यसप्रति सजकता अपनाउनुपर्ने धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले बताएका छन् ।

‘यो समस्यालाई हामीले गम्भीरता साथ लिनुपर्छ, मुटुमा रगत पु¥याउने रक्तनली बन्द भएपछि हृदयाघात हुने भएकाले यसका कारण जानकारी राख्नुपर्छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिनका डिनसमेत रहेका डा. कोजुले दृश्य टिभीसँग भने ।

पछिल्लो समय धेरैजसो हृदयाघात रोकथाम र उपचार पनि गर्न सकिएको उनको भनाइ छ । ‘हृदयाघातलाई कसरी रोकथाम गर्न सकिन्छ र के उपचार गर्न सकिन्छ भन्ने कुरा थाहा पाउनुपर्छ,’ उनले भने । छातीको बीचको भागमा एकदमै गाह्रो हुने गरी दुख्यो भने हृदयाघात हुनसक्ने उनको धारणा छ ।

मुटुरोग, हृदयाघातका कारण र उपचार पद्वतिबारे डा. कोजुले दृश्य टिभीलाई आफ्ना अनुभव सुनाएका छन् । हेनुहोस्–पूरा भिडियो ।

प्रतिक्रिया