नास्टको राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा आयोजित नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न भएको छ ।  

तीन दिवसीय सम्मेलनलाई समापन समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले सम्मेलनका क्रममा वैज्ञानिक, अनुसन्धाता, प्राध्यापक, विद्यार्थीहरु एकै थलोमा भेला भएर गरिएको प्राज्ञिक बहस तथा अन्तक्र्रियाले विज्ञान र प्रविधिको विकासमा मद्दत पुग्ने विचार व्यक्त गरिन् । आगामी दिनमा पनि नास्टले यस्ता सम्मेलन Naast pic 2आयोजनालाई प्राथमिकतामा राखेर निरन्तरता दिनुपर्ने सुझाव दिइन् ।

नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको संयोजक लुना बज्रले छोटो समयको तयारीको बाबजुद आयोजित सम्मेलनमा स्वदेश तथा विदेशका गरी ५ सयभन्दा बढी वैज्ञानिक, अनुसन्धाता र विद्यार्थीहरु सहभागी भएका जानकारी दिइन् । ‘सीमित जनशक्ति र निश्चित स्रोतसाधनको सीमामा रहेर सम्मेलन आयोजना गरिएको थियो, यसले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न पक्कै मद्दत पुग्ने विश्वास गर्न सकिन्छ,’ वज्रले भनिन् । 

नास्टका प्राज्ञ प्रा.डा. रमेश मास्केले सम्मेलनका विभिन्न सेसनमा प्रस्तुत भएका विषयगत कार्यपत्र र तिनीहरुमाथि भएका छलफलका आधारमा संकल्प–पत्र सुनाएका थिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शिलु मानन्धर वज्राचार्य, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डास शैलेन्द्रकुमार मल्लिकले आ–आफ्ना मन्त्व्य राखेका थिए । 

तीन दिनसम्म चलेका सम्मेलनमा प्लेनरी सेसन राष्ट्रिय प्रकृति संरक्षण कोषको हल, प्यारालल सेसन नास्टको टेक्नोलोजी र मुख्य भवनमा आयोजना गरिएको थियो । सम्मेलनमा १५ विधा तथा २० विभिन्न विषयमा प्रस्तुत गरिने जम्मा ३ सय ८० वटा वैज्ञानिक कार्यपत्रमध्ये २ सय ६० मौखिक र १ सय २० पोस्टर प्रस्तुति रहेका थिए । यस पटक विज्ञान र अध्यात्म विषयमा समेत प्लेनरी Naast picसेसन आयोजना गरिएको थियो । 

सहभागीका तर्फबाट डा. सरिता मानन्धर र डा. झासनाथ अधिकारीले विभिन्न सुझाव दिएका थिए । नास्टका उपकुलपति प्रा.डा. सुनिलबाबु श्रेष्ठले विभिन्न मुलुकबाट आएका अतिथि, वैज्ञानिक तथा कार्यपत्र प्रस्तोतालाई टोकन अफ लभ प्रदान गरेका थिए । Naast pic 3उपकुलपति श्रेष्ठले कार्यपत्र प्रस्तोता, विभिन्न वक्ताहरु र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलन समापन गरेका थिए । 
        
    
 

प्रतिक्रिया