सूर्यालाई ओस्कारको निम्तो

दिल्ली। दक्षिण भारतका अभिनेता सूर्यालाई विश्व चर्चित ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेस’ अर्थात ओस्कारको पुरस्कार समारोहमा समावेश हुन आयोजकले विशेष निमन्त्रणा पठाएका छन्। उनी ओस्कारमा निम्तो पाउने तमिल वा दक्षिण भारतको पहिलो अभिनेता हुन्। 

सूर्याले सन् १९९७ मा रिलिज ‘नेरेक्कु नेर’ चलचित्रमार्फत दक्षिण भारतीय चलचित्रमा पाइला टेकेका थिए। उनले तीन–तीन वटा फिल्म फेयर  र तमिलनाडु राज्यले प्रदान गर्ने फिल्म पुरस्कार जितिसकेका छन्। 
 

प्रतिक्रिया