माओवादी केन्द्रका नेता बन्जाडेको सवारी दुर्घटनामा निधन


रुपन्देही। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।


रुपन्देहीको जितगढीमा राती बसले ठक्कर दिएपछि घाइते बन्जाडेको उपचारको क्रममा बुधवार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही थालेको छ । 


 बुटवलतर्फ आउँदै गर्दा विपरित दिशाबाट आएको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे चढेको लु २६ प ५८९८ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पाल्पा, रामपुरका जीतबहादुर थापा गम्भीर घाइते छन् ।


दुर्घटनालगत्तै बन्जाडेर र थापालाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले बन्जाडेको मृत्यु भइसकेको घोषणा गरे । 

घाइते थापाको अवस्था गम्भीर रहेको लुम्बिनी प्रादेशिक ट्राफीक प्रहरी कार्यालय, बुटवलका प्रवक्ता मोहन खाणले बताए । 

प्रतिक्रिया