अमेरिकी नायिकाको नदीमा डुबेर मृत्यु

वासिङ्टन। अमेरिकी चर्चित नायिका तथा टेलिभिजन अभिनेत्री मेरी माराको ६१ वर्षको उमेरमा निधन भएको छ। मेरीको निधन नदीमा नुहाउन जाँदा डुबेर मरेको बताइएको छ। प्रहरीले यसको छानवीन गरिरहेको छ। 

मेरीले ‘क्रिमिनल माइन्ड्स’ जस्तो चर्चित श्रृंखलामा काम गरिसकेकी छिन्। न्युयोर्क प्रहरीले उनको शरीर आइतबार बिहान केप विन्सेन्टस्थित स्टिफन लोरेन्स नदीमा फेला परेको बताएको छ। उनको शरीरमा कुनै किसिमको चोट नभएको प्रहरीले बताएको छ। मेरी बहिनी मार्था र ज्वाईं स्कट डेलीसँगै बसोबास गर्दै आइरहेकी थिइन। उनको मेनेजरका अनुसार मेरी ६१ वर्षको उमेरमा पनि फिट थिइन। 

न्युयोर्क निवासी मेरीको जन्म २१ सेप्टेम्बर १९६० मा भएको थियो। उनले नाटकबाट करिअरको सुरुवात गरेकी थिइन। सन् १९९२ मा ‘लव पोसन नम्बर ९’ उनको डेब्यु फिल्म थियो। टेलिभिजनमा उनले ‘क्रिमिनल माइन्ड्स’, ‘नेश ब्रिज’, एनवाइपीडी ब्ल्यु’, ‘ल एण्ड अर्डर’, ‘लास्ट’, ‘डेक्सटर’, ‘सेमलेस’, ‘एली म्याकबील’, ‘फरस्केप’, ‘द वेष्ट विङ’, ‘मंक’ जस्ता श्रृंखलामा काम गरेकी थिइन। 


 

प्रतिक्रिया