सोनालीको दावीः ९० को दशकमा हिन्दी फिल्ममा अन्डरवर्ल्डको प्रभाव

मुम्बई। ९० को दशकमा निर्माता तथा निर्देशकहरूले अन्डरवर्ल्डको दबाबमा काम गर्ने गरेको खुलासा बलिउड अभिनेत्री सोनाली बेन्द्रेले गरेकी छिन्। उनले हालै एउटा अन्तर्वार्तामा बलिउडको अन्डरवर्ल्ड कनेक्सनको विषय सार्वजनिक गरेकी छिन्। 

उनले अन्डरवर्ल्डकै कारण केही सिनेमा छिनिएको तर यो अवधिमा आफ्नो श्रीमान गोल्डी बहलले सहयोग गरेको बताएकी छिन्। सोनालीले भनिन्, ‘९० को दशकमा डाइरेक्टर र प्रोड्युसर अन्डरवर्ल्डको दबाबमा काम गर्थे। यतिबेला केही फिल्ममा गैर–कानुनी पैसा लगानी हुन्थ्यो।’

आफ्नो प्रतिकूल अवस्थामा पनि सिने जगतका मानिसले सहयोग गरेको उनले बताएकी छिन्। उनले भनिन्, ‘म आफूलाई यस्तो फिल्मबाट टाढा राख्ने प्रयास गर्थे। गोल्डीले मलाई सहयोग गरे। अन्डरवर्ल्डका कारण केही फिल्म छोडनु पर्यो।’

उनले साइन गरिसकेको फिल्मबाट पनि आफूलाई निकालिएको बताइन्। गोल्डी बहल आफै फिल्मसँग आवद्ध थिए। त्यसैले उनलाई गैर–कानुनी रुपमा लगानी भएको फिल्मको विषयमा थाहा हुन्थ्यो। 

सोनालीले सन् १९९४ मा रिलिज भएको ‘आग’ फिल्मबाट बलिउडमा पाइला टेकेकी थिइन। यो फिल्ममा उनको अपोजिट गोविन्दा थिए। पछि उनले सरफरोस, दिलजले, मेजर साब जस्ता हिट फिल्ममा काम गरिन। उनले द ब्रोकन न्युजबाट ओटिटीमा डेब्यु गरेकी छिन्। उनले १२ नोभेम्बर २००२ मा गोल्डीसँग बिहे गरेकी थिइन। 


 

प्रतिक्रिया