भारतीय प्रधानमन्त्री मोदीलाई गुजरात दंगामा ‘क्लिन चिट’

दिल्ली। भारतको सर्वोच्च अदालतले सन् २००२ को गुजरात दंगामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘क्लिन चिट’ दिएको छ। त्यतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए। 

गुजरात दंगामा मारिएका कांग्रेसी नेता एहसान जाफरीकी श्रीमती जाकियाले हिंसामा मोदीलगायत ठूला व्यक्तिहरूको हात भएको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन। अदालतले जाकियाले दायर गरेको मुद्धालाई खारेज गरेको हो। 

गुजरात दंगामा गुलबर्गा सोसाइटीमा ६८ जनाको ज्यान गएको थियो, जसमा कांग्रेसका पूर्व सांसद एहसान पनि परेका थिए। यसअघि दंगाको विषयमा विशेष छानवीन समिति पनि गठन भएको थियो। प्रधानमन्त्री मोदीसहित त्यतिबेला ६३ जनाले ‘क्लिन चिट’ पाएका थिए। 

विशेष छानवीन समितिबाट ‘क्लिन चिट’ पाएपछि जाफरीले सन् २०१८ मा सर्वोच्च अदालतको ढोका ढकढकाएकी थिइन। यो मुद्धामा सर्वोच्चका न्यायाधीस एएम खानवलकर, दिनेश माहेश्वरी र सिटी रविकुमारको बेञ्चले ९ डिसेम्बर २०२१ मा कुनै निर्णय गरेको थिएन। 
 

प्रतिक्रिया