कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

कास्की– गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस भएको छ।

बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्यानिच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन्।     
     
धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए।  

प्रतिक्रिया