धोनी फिल्मी क्षेत्रमा प्रवेश गर्दै

बेङ्लोर। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्नो दोस्रो इनिङको तयारी स्वरुप फिल्मी क्षेत्रमा प्रवेश गर्दैछन्। एमएस धोनीको नामले चर्चित उनले दक्षिण भारतका फिल्म स्टार थालापथी विजयसँग फिल्म निर्माणलाई अगाडि बढाउन लागेका हुन्। उनी कलाकारको रूपमा नभएर निर्माता–निर्देशकको भूमिकामा देखिन लागेका हुन्। 

धोनी इन्डियन प्रिमियर लिग (आइपीएल) को चेन्नई सुपर किङ्सका कप्तान हुन्। त्यसैले उनको दक्षिण भारतमा राम्रो पहिचान छ। उनले थालापथीलाई फोन गरेर सँगै काम गर्ने इच्छा प्रकट गरेका हुन्। जसलाई थालापथीले स्विकार गरिसकेको विभिन्न मिडियाले बताएका छन्। 
धोनीले केही समयअघि आफ्नै प्रोडक्सन हाउस पनि स्थापना गरेका थिए। यसबाट एउटा एनिमेशन सिरिजको निर्माण भइसकेको छ। धोनीको कहानीमा आधारित फिल्म केही वर्षअघि निर्माण भएको थियो।  
 

प्रतिक्रिया