जन्मियो चन्दा नलिने नयाँ पार्टी 

काठमाडौं। विश्व योगदिवसका दिन कसैसँग कहिल्यै चन्दा नलिने नयाँ पार्टीकोे घोषणा भएको छ। पत्रकारिताबाट राजनीतिमा भूमिका फेरेका रवि लामिछानेले उनको नवीनतम पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने बताएका छन्। 

आज मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता आएको हो।

‘चन्दाको गन्दा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन्। उनले   पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। लामिछानेको नयाँ पार्टी को नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ।

लामिछानेले पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको दावी गरे।

उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरे। लामिछानेले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरे। साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेको भनाई छ।

सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन्।
 

प्रतिक्रिया