अनुभवहीन कर्मचारीका कारण गर्भमै तुहियो शिशु, आमाको उद्धार

इस्लामाबाद। पाकिस्तानको सिन्ध प्रान्तको एउटा सरकारी अस्पतालमा अनुभवहीन कर्मचारीका कारण एक महिलाले आफ्नो सन्तान गुमाउनु परेको छ। 

चिकित्सको अभावमा एउटा सिजरिन डेलिभरी गराउन नजान्दा आमाको पेटबाट बच्चाको टाउको शरीरबाट अलग भएको थियो।

यो घटनामा अस्पताल कर्मचारीले बच्चालाई आमाकै पेटमा छोडिदिएका थिए, जसका कारण महिलाको झण्डै ज्यान गएको थियो। 

घटनालाई लिएर सिन्ध सरकारले मेडिकल बोर्डको गठन गर्दै छानवीनको आदेश दिएको लियाकत विश्वविधालयको मेडिकल एण्ड हेल्थ साइन्सको गायनोकोलोजी डिपार्टमेन्टका प्रमुख प्रोफेसर राहिल सिकन्दरले बताए।

महिला हिन्दु भएको र उनको उमेर ३२ मात्र भएको स्थानीय अखबारले बताएको छ। महिलाको गाउँ थारपारकर जिल्लाभन्दा टाढा भएको र डेलिभरीका लागि आइतबार ग्रामीण स्वास्थ्य केन्द्रलाई ल्याइएको थियो। घटनापछि महिलालाई मिठीस्थित अस्पताल पुर्याइएको थियो। तर, यहाँ पनि राम्रोसँग उपचार हुन सकेन। 

राहिलका अनुसार महिलाको परिवारले उनलाई लुम्स अस्पताल पुर्याएपछि मात्र आमाको गर्भमा रहेको बच्चाको बाँकी शरीर बाहिर निकाल्न सफल भएको थियो। यतिबेला बच्चाको टाउको पनि आमाको पेटको नलीमै फसकेको थियो, जसका कारण गर्भाशय फुटेको अवस्थामा थियो। आमालाई बचाउन पेट लामो चिर्नु परेको थियो। गाउँको अस्पतालका केही कर्मचारीले पिडित महिलालाई स्ट्रेचरमा सुतिरहेको अवस्थाको भिडियो बनाएका थिए। जसलाई विभिन्न वाट्सऐप समूहमा सेयर गरिएको थियो। यसको पनि अनुसन्धान हुने बताइएको छ। 

प्रतिक्रिया