रिभ्सलाई ‘दि म्याट्रिक्स’ शृंखलाका लागि २५ करोड डलर 

वासिङ्टन। ‘दि म्याट्रिक्स’ जस्तो सफल चलचित्रमा अभिनय गरेका हलिउड स्टार केन्यु रिभ्स सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारमा पर्छन। रिभ्सले ‘म्याट्रिक्स’ को तीन वटै शृंखलामा काम गरिसकेका छन्। उनले यी फिल्मका लागि २५ करोड डलर अर्थात ३१ अर्ब २७ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए। हलिउडमा कुनै पनि रोलका लागि यति धेरै पारिश्रमिक लिएको पहिलो घटना हो। 

यस्तै, विल स्मिथले ‘म्यान इन ब्ल्याक–३’ शृंखलाको लागि १० करोड डलर लिएका थिए। टम क्रुजले ‘मिशन इम्पोसिबल–घोष्ट प्रोटोकल’ का लागि ७ करोड ५० लाख डलर पारिश्रमिक बुझेका थिए। 

अभिनेत्री सान्ड्रा बुलकले ‘ग्रेभेटी’ मा डा. रेयान स्टोनको अभिनय गरेकी थिइन। उत्कृष्ट अभिनयका लागि उनले २ करोड डलरसहित फिल्मको आम्दानीको १५ प्रतिशत फाइदा पनि शेयर गरेकी थिइन। उनले यही फिल्मबाट ७ करोड डलर आम्दानी गरेको बताइएको छ। 

यसैगरी ‘एलिस इन वन्डरल्याण्ड’ का लागि जोनी डिपले ६ करोड ८० लाख डलर पारिश्रमिक लिएका थिए। उनले यो फिल्ममा द म्यान हेटरको अभिनय गरेका थिए। अर्का हलिउड अभिनेता ह्यारिसन फोर्डले ‘इन्डियाना जोन्स एण्ड दि किङडम अफ द क्रिस्टल स्कुल’ का लागि ६ करोड ५० लाख डलर पारिश्रमिक लिएका थिए। यो फिल्म स्टिभन स्पिलवर्गले सन् २००८ मा रिलिज गरेका थिए। 

हलिउड स्टार टम ह्याङ्सले ‘फरेस्ट गम्प’ का लागि ४ करोड डलर पारिश्रमिक लिएका थिए। यसैगरी जोनी डेपले ‘पाइरेट्स अफ क्यारेबियन– अन स्ट्रेन्जर टाइड्स’ का लागि ५ करोड ५० लाख डलर लिएका थिए। यो फिल्म ४१ करोड डलरमा निर्माण भएको थियो।   
 

प्रतिक्रिया