मोदीकी माताले सय टेकिन्, यस्तो छ फिटनेशको रहस्य

दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदी १८ जुन शनिबार १०० वर्षमा प्रवेश गरेकी छिन्। आमाको जन्मदिन मनाउन मोदी गुजरात पुगेका छन्। उनले शनिबार बिहान आमाको पुजापाढ गरेका थिए। 

यस अवसरमा गुजरातको रायसन पेट्रोल पम्पदेखि ८० मिटर लामो सडकलाई ‘हिराबा मार्ग’ नामाकरण गरिएको छ। आमाको सय वर्ष पुरा गरेको उपलक्ष्यमा वडनगरस्थित हाटकेश्वर मन्दिरमा नवचण्डी यज्ञ र सुन्दर काण्डको पाठ सुरु भएको छ। मन्दिरमा संगीत सन्धयाको पनि आयोजना गरिएको छ। 

मोदी प्रधानमन्त्री नियुक्त भएपछि उनको फिटनेशलाई लिएर जनचासो बढेको थियो। ४ घण्टा मात्र सुत्ने मोदीको आध्यात्मिक पाटोलाई लिएर विश्वभरीका मिडियाले चासो राखेका थिए। अहिले आमा सय वर्ष टेकेको खबरले पनि चर्चा बटुलेको छ।

modi1

मोदी जस्तै हिराबेनको फिटनेश पनि राम्रो छ। सय वर्षको उमेरमा पनि उनलाई कुनै रोगले छुएको छैन। मोदीका भाई प्रल्हादका अनुसार आमाले अहिलेसम्म कुनै औषधी नियमित प्रयोग गर्नु परेको छैन। सकारात्मक विचार नै उनको स्वास्थ्य राम्रो हुनुको रहस्य रहेको छोराले बताएका छन्। ‘कुनै पनि समस्याको घरेलु उपचार विधि उहाँलाई थाहा छ। अहिलेसम्म कुनै किसिमको औषधी प्रयोग गर्नुपरेको छैन।’

हिराबेन स्वास्थ्य हुनुको मूलमन्त्र उनी बाहिरको खाना सेवन गर्दिनन्। घरमै बनाएको खाना प्रयोग गर्छिन। बिहानदेखि रातीसम्म कुनै न कुनै काममा व्यस्त रहनु पनि स्वास्थ्य रहनुको अर्को पक्ष हो। 

हिराबेन आफ्नो काम अझै आफै गर्छिन। सादा जीवन उनको सबैभन्दा सुन्दर पक्ष हो। छोरा २ कार्यकाल भारतको प्रधानमन्त्री हुँदा पनि उनी गुजरातमा सानो घरमा जीविकोपार्जन गर्दै आइरहेकी छिन्। उनले अहिलेसम्म मेकअप गरेकी छैनन्, न ब्युटी पार्लर नै गएकी छिन्। 

modi2

उनको नित्यकार्य भनेको बिहान सूर्य उदाउनुभन्दा अगाडि नै उठ्ने र पुजापाढ गर्ने रहेको छ। नास्तामा चिया र गुजराती भाखरी खाएपछि उनी घरायसी काममा व्यस्त हुन्छिन्। खानाको रूपमा भात, दाल, तरकारी र रोटी खान्छिन्। साँझ खिचडी मात्र खान्छिन् र छिटो सुत्ने गर्छिन। 


 

प्रतिक्रिया