राशिमा हेरौं कस्तो रहला आजको दिन ?

मेषः आज दैनिक कार्यमा बढोत्तरी हुनेछ। अतिथिको आगमनले पारिवारिक माहोल आनन्दमय रहने छ। रोकिएका खरखजाना हात पर्न सक्छन्।

वृषः राज्यका पदाधिकारीबाट सम्मान र हौसला मिल्ने छ। पारिवारिक साथ सहयोग मिल्ने छ। अध्ययन अध्यापन सफल रहने छ। कार्य दक्षताले असम्भव पनि सम्भव हुने छन्।

मिथुनः यात्रा गर्दा विषेश सतर्कता अपनाउनु होला। झ्याउला झमेलामा फस्न सकिन्छ। नजिक ठानिएका ब्यक्तिबाट सहयोगको बदला धोका पाइनेछ। माछालाई खान दिएर गरेको कामले सफलता पाउनेछ।

कर्कटः कार्य दक्षताले ख्याति प्राप्त  गर्न सकिन्छ। आँट हिम्मत र पराक्रमको वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक क्षेत्रमा मन लाग्नेछ। मनोबल उच्च रहने छ।

सिंहः साथी भाइ इष्टमित्रहरूले साथ दिनेछन्। अप्रत्याशित धनागमन हुन सक्छ। विशिष्ट ब्याक्तिको सहयोगमा कार्य सुचारू रहने छ। वैदेशिक क्षेत्र राम्रो छ।

कन्याः धार्मिक तथा सामाजिक क्षेत्रमा मन लाग्ने छ। सोचेका काम पुरा हुनेछन्। इष्टमित्रहरूसँगको भेटले मन प्रफुल्ल रहने छ। अध्ययन अध्यापन राम्रो छ।

तुलाः आज भाग्यले साथ छोड्ने छैन। मानसम्मान प्रतिष्ठा कमाउने समय छ। छोटो दूरीको रमाईलो यात्रा हुने छ। धार्मिक तथा सामाजिक कार्यमा सरिक भइने छ।

वृश्चिकः आज तपाईंको प्रसंशा हुने छ। साहित्य, संगीत र कलाको क्षेत्रमा विषेश रुचि बढने छ। प्रेम तथा दाम्पत्य जीवन सुखमय रहने छ, बोलीमा मधुरता आउने छ।

धनुः दाम्पत्य जीवन तथा प्रणय सम्बन्धको दूरी बढ्ने छ। शंखा उपशंखाले मनमष्तिस्क ढाकिन सक्छ। अधिकार प्राप्तिका लागि परिश्रम पर्ला। गाईलाई खान दिएर गरेको काम फलदायी हुने छ।

मकरः नयाँ अवसरका मार्ग प्रशस्त आउने छन्। श्रम र सिपको मूल्यांकन तथा प्रसंशा मिल्ने छ। स्वास्थ सबल शिक्षा सफल रहने छ।

कुम्भः लाभदायक यात्राको अवसर मिल्ने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने छ। नसोचेको ब्यक्तिबाट सहयोग मिल्ने छ। शुभ समचार सुन्न पाईने छ।

मीनः कुनै न कुनै उपहार वा सोचे जस्तो सामान प्राप्त हुने छ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। कानुनि क्षेत्रमा प्रसंशा हुने छ।

 राशिफलले जे भने पनि यहाँहरुको दिन शुभ रहोस्,


 हरि ॐ !


(परामर्शका लागि ९८४२६२२४३०६/९८४००७७०४७)

प्रतिक्रिया