गेष्टहाउसमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

काठमाडौँ । युवतीलाई गेष्ट हाउसमा लगेर पालैपालो करणी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। काठमाडौँको बौद्धमा रहेको एक गेष्टहाउसमा उनीहरूले युवतीलाई लगेर पालैपालो बलात्कार गरेको आरोप छ।

उनीहरू बलात्कारपछि फरार भएका थिए । पक्राउ पर्नेमा २४ वर्षका रितेश तामाङ, २२ वर्षका रिन्जेन शेर्पा र ३४ वर्षका उत्तम लामा रहेका छन्। यस्तै ३४ वर्षका आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई मतियारका रूपमा पक्राउ गरिएको हो।
 

प्रतिक्रिया