एमालेले भन्यो - वाम गठबन्धन असम्भव

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारेको छ । सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका पक्षमा एमाले नरहेको प्रष्ट पारेका हुन् ।

माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेको पृष्ठभूमिलाई मध्यनजर गर्दै उनले आस्थाका कम्युनिष्टसँग सहकार्य हुन सक्ने बताए । उनले भने, ’अहिलेलाई वाम गठबन्धन सम्भव छैन। त्यतातिर छलफल गरिएको छैन। विषयमा सहकार्य हुन सक्छ।’ नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्न नसक्ने उनले बताए।

उनले भने,’नेकपा एमालेले शतप्रतिशत वा त्योभन्दा प्रतिशत हुन्छ भने कसैलाई प्रधानमन्त्री अफर गर्दैन। यो बार्गेनिङ गर्ने तरिका हो । ५० प्रतिशत माग्नका लागि हो। यो सुनियोजित प्रचारबाजी हो।’

बैठकले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष पनि निकालेको छ । ज्ञवालीले निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया