बजेट निर्माणमा तोकिएबाहेक कसैलाई सहभागी नगराइएको अर्थको स्पष्टोक्ति

काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणका बेला जिम्मेवार पदाधिकारीहरूबाहेक कसैको सहभागिता नरहेको बताएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो...’ भन्ने शीर्षकमा एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मालाई जोडेर प्रकाशित गरिएको समाचारको अर्थ मन्त्रालयले खण्डन गर्दै बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ, ’बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकलगायत बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौ ।’

सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले अर्थमन्त्री शर्मासँग बजेट निर्माणको समय कसैलाई प्रवेश नदिइने नियमको उल्लंघन गरेको भन्दैस्पष्टीकरण माग गरेको थिए।


287291024_402875018549729_6809344220734196362_n

प्रतिक्रिया