शिक्षकलाई राजनीतिमा शक्रिय हुन दाहालको दबाब

 


काठमाडौं । शिक्षक, कर्मचारी र प्राध्यापकलाई दलको सदस्यता नदिन निर्वाचन आयोगले चेतावनी दिइरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । 


माके निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका छन् । 


नेपालका दलहरु शिक्षकहरुकै योगदानका कारण बनेको प्रचण्डको दाबी थियो । गाउँघरमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचार, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै भएको उनको भनाइ थियो । 


‘शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन’, उनले भने । 


दाहालले शिक्षकहरु सक्रियतापूर्वक समाजसेवा, सामाजिक रुपान्तरण र राजनीतिक रुपान्तरणमा लाग्नुपर्ने बताए । 
 

प्रतिक्रिया