यसरी गरियो हाइटेन्सन लाइनमा चढेका व्यक्तिको उद्धार(भिडियोसहित)

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका व्यक्तिलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेर उनको उद्दार गरेका हुन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो ।

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो । झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो ।

बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको उद्धार भएपछि अब विद्युत प्रवाह सुरु गरिने प्राधिकरणले जनाएको छ ।


     

प्रतिक्रिया