अमेरिकी सेनाका जनरल फ्लिनद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । भारत हुँदै बिहीबार काठमाडौं आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम छ।


 

प्रतिक्रिया