विवाह बन्धनमा बाँधिदै दक्षिण भारतीय फिल्मकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश

काठमाडौं– दक्षिण भारतीय फिल्म क्षेत्रकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवनले विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरुले भारतको चेन्नईस्थित महाबलिपुरमको एक रिसोर्टमा शुक्रबार विवाह गर्दैछन्।

नयन तारा र विग्नेशको विवाहमा बलिउडदेखि दक्षिण भारतीय फिल्म क्षेत्रका कैयौं सेलिब्रेटीहरु पुगेका छन्। शाहरुख खान, अजित कुमार, सूर्यालगायतका कलाकारलाई उनीहरुको विवाहमा देखिएको छ।

सँगै तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिन पनि उनीहरुको विवाहमा सहभागी हुने बताइएको छ। शुक्रबार हुने विवाहको अन्य कार्यक्रममा यी सेलिब्रेटीहरु उपस्थित भएका तस्बिरहरु सार्वजनिक भएको छ।

फिल्म क्षेत्रमा प्रवेश गरेसँगै नयनतारा र विग्नेश प्रेम सम्बन्धमा थिए। फिल्मकै छायांकनको क्रममा भेट भएका उनीहरुले ६ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए। उनीहरुले गत वर्ष मार्च २५ मा इगेजमेन्ट गरेका थिए।

प्रतिक्रिया