मोडलको दावीः ठूलो स्तनका कारण मलाई विमानबाट निकालियो  

टोरेन्टो। ठूलो स्तनका कारण क्यानडामा एक चर्चित मोडलले विमानस्थलमा ठूलो समस्या भोग्नु पर्यो। उनलाई ठूलो स्तनका कारण एउटा विमानबाट बाहिर निकालिएको छ भने उनको कपडालाई लिएर मानिसहरूले नराम्रो कमेन्ट गरेका छन्। 

चर्चित मोडल डाल मारी म्याग्डलेनलाई क्यानडाको टोरन्टो विमानस्थलबाट अमेरिकाको डलास फर्किन विमानस्थल पुगेकी थिइन। उनले सुरक्षा जाँच पुरा गरेर विमानमा पुगिसकेको अवस्थामा अमेरिकन एयरलाइन्सका कर्मचारीले उतारेका हुन्। 

मारीले आफूलाई उतार्नुपर्ने कारण कर्मचारीलाई सोधेकी थिइन। उनीहरूले हेडफोन लगाएको र ‘फ्लाइट अटेन्डेन्स’ को निर्देशन पालना नगरेको आरोप लगाउँदै उनलाई विमानबाट उतारेका थिए। तर, मेरी यो कुरा मान्न तयार छैनन्। उनी आफ्नो स्तनको आकारका कारण आफूलाई विमानबाट निकालिएको बताउँछिन्। ‘मैले यतिबेला लेगिङ र स्पोर्ट्स ब्रा लगाएको थिए,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो रुपका कारण मलाई उतारिएको छ। कृपया भेदभाव बन्द गर्नुहोस्। म यतिबेला आफूप्रति भएको अमानवीय कार्यले लज्जित भएको छु।’ 

विमानबाट बाहिर निकालिएको विषयलाई लिएर उनले मुद्धा दायर गर्ने बताएकी छिन्। म्याग्डलेनले सर्जरीबाट आफ्नाे स्तनकाे आकार बढाएकी हुन्। उनी सर्जरीका कारण विश्वव्यापी चर्चामा रहने गर्छिन्।
 

प्रतिक्रिया