सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन

काठमाडौं । सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा समिति गठन गरिएको जानकारी दिएका हुन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधीसहित चार सदस्यीय समिति गठन गरेको उनले बताए । पुँजी बजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समितिले जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।

प्रतिक्रिया