इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय आफूहरूको बाध्यताः विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय आफूहरूको बाध्यता भएको बताएको छ । विभागले मङ्गलबार विज्ञप्ति जारी गरी सरकारले बनाएको कानुन, सर्वोच्च अदालतको आदेश र विभिन्न कम्पनीसँग भएका सम्झौताअनुसार नै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्दै लगिएको भन्दै यसमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

यसअघिको विज्ञप्तिमा बाग्मती र गण्डकीमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेट नडान नगरेमा साउन १ गतेदेखि कारबाही गर्ने कडा भाषा प्रयोग भएकोमा क्षमायाचना माग्दै विभागले आफूहरूले कानुन कार्यान्वन मात्रै गर्न खोजेकाले मर्म बुझिदिन पनि आग्रह गरेको छ ।

विभागले राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार २०७८ सालको मङ्सिर १ गतेयता दर्ता भएका नयाँ गाडी, २०७८ सालको फागुनपछि किनबेच भएका गाडी र २०७९ सालको जेठ १ गतेपछि नवीकरण गर्ने गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको र बिस्तारै बाँकी २५ लाख गाडीमा पनि जडान गर्दै लैजाने जनाएको छ । 

प्रतिक्रिया