सलमान र बुवा सलिमलाई मार्ने धम्की

दिल्ली।  बलिउड अभिनेता सलमान खान र उनको बुवालाई मार्ने धम्की आएपछि उनीहरुको सुरक्षा बढाइएको छ। महाराष्ट्र गृह विभागले धम्कीको जानकारी पाएपछि सोमबार मुम्बई क्राइम ब्रान्चको एउटा टिमलाई सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट पठाएको थियो। 

पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सलमानलाई यसअघि पनि मार्ने धम्की आएको थियो। सलमान र उनका बाबु सलिमलाई आइतबार धम्कीयुक्त पत्र प्राप्त भएको थियो। 

ब्रान्द्रा प्रहरीले यस विषयमा अज्ञात व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको छ। बिहान हिँडडुल गर्ने बेला बान्द्राको ब्याण्डस्टेण्ड प्रोमेनेडमा सलिमको गार्डले यो पत्र प्राप्त गरेका हुन्। पत्रमा खान बाबुछोराको अवस्था मुसेवाला जस्तो हुने धम्की दिइएको छ।

प्रहरीले धम्की लोरेन्स विश्नोइ ग्याङले दिएको हुन सक्नेतर्फ आशंका गरेको छ। मुसेवालाको हत्यापछि मुम्बई प्रहरीले सलमानको सुरक्षा बढाएको थियो। सन् २००८ देखि नै सलमानलाई मार्ने धम्की आइरहेको छ। अब सलमानसँग प्राइभेट मात्र होइन, सरकारी सुरक्षाकर्मी पनि थपिएका छन्। 
 

प्रतिक्रिया