कुनै बेला एउटा कोठामा बस्थिन्, अहिले ३४ करोडकी धनी

‘भर्सटाइल’ स्वरका कारण भारतीय सिनेमामा छुट्टै छाप छोड्न सफल नेहा कक्कड आज ३४ वर्षमा प्रवेश गरेकी छिन्। ऋषिकेशको एउटा सानो गाउँमा गरिब परिवारमा जन्मिएकी नेहा कुनै बेला बाच्नका लागि ५ सय रुपैयाँमा गीत गाउँथिन्। तर, अहिले उनी एउटै गीतको ८ देखि १० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन्। उनको कूल सम्पत्ति नै ३४ करोड बराबर छ। 

घरको खराब आर्थिक अवस्थाका कारण नेहाले ४ वर्षको कलिलो उमेरदेखि नै स्टेजमा गीत गाउन सुरु गरिसकेकी थिइन। नेहाको जन्म ६ जुन १९८८ मा एउटा भाडाको कोठामा भएको थियो। यो कोठामा आमा–बुवा, दिदी सोनु र सानो भाई टोनीसँगै उनी जन्मिएकी थिइन। यही एउटा कोठामा उनको आमाले खाना पनि बनाउने गर्थिन। 

नेहाको परिवार उनी दुई वर्षको हुँदा ऋषिकेशबाट दिल्ली पुगेको थियो। नेहाका बुवा स्कुलको बाहिर समोसा बेच्ने गर्थे। यसबाट भएको कमाईंले घर खर्च चल्न गाह्रो भएपछि उनी विभिन्न भजन मण्डली तथा नाटकमा काम गर्थे। 

जुन स्कुलमा नेहाको दिदी पढ्ने गर्थिन, त्यसैको बाहिर बुवा समोसा बेच्थे। यसै कारण स्कुलका अन्य विधार्थीहरू कक्कड परिवारलाई खिज्याउँने गर्थे। नेहाकी दिदीले यही कारण आफ्नो स्कुलसमेत परिवर्तन गर्नु परेको थियो।

घरको कमजोर आर्थिक अवस्थाका कारण नेहाले ४ वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरिन। उनलाई राती स्टेजमा गीत गाएबापत ५ सय रुपैयाँ पारिश्रमिक दिने गरिन्थ्यो। 
उनी सन् २००४ मा भाईसँगै मुम्बई पुगेकी थिइन। यतिबेला उनको उमेर १६ वर्ष थियो। मुम्बईमा नेहाले थुप्रै गीति कार्यक्रममा भाग लिइन। तर, सन् २००६ को इन्डियन आइडल सिजन–२ उनको लागि अविस्मरणीय रहयो। नेहा टप–१२ को समूहमा समावेश थिइन तर उनलाई सुरुमै एलिमिनेट गरिएको थियो। सिजन–२ को विजेता सन्दीप आचार्य भए। तर, हिजोआज नेहा आफै इन्डियन आइडल सोको जजको भूमिकामा देखा पर्ने गरेकी छिन्। 

नेहाले सन् २००८ मा मित ब्रदर्शसँग मिलेर आफ्नो छुट्टै एल्बम ‘नेहा द रकस्टार’ लञ्च गरेकी थिइन। उनले यही समय ‘रोमियो जुलियट’ एल्बम पनि रेकर्ड गरिन। ‘मिराबाई नटआउट’ मा सुखविन्दर सिंहसँग गीत गाएपछि नेहाको इन्ट्री बलिउडमा भयो। एआर रहमानको कम्पोजमा बनेको फिल्म ‘ब्लू’ मा उनले कोरसमा आवाज दिने मौका पाइन। 

नेहाले सन् २०१० मा ‘इसी लाइफ’ फिल्ममा अभिनय पनि गरिन। उनले कन्नड, तेलुगु फिल्ममा पनि गीत गाइसकेकी छिन्। सन् २०१२ मा प्रितमको कम्पोजमा उनले गाएको ककटेल फिल्मको ‘सेकेण्ड ह्याण्ड जवानी’ गीत हिट भएपछि उनले बलिउडमा फर्किएर हेर्नु परेको छैन।  

कुनै बेला ऋषिकेशमा एउटा कोठमा पुरै परिवारसँग बस्ने नेहासँग अहिले करौडौं पर्ने घर छ। उनी मुम्बईको प्यानोरोमा टावरको प्राइम लोकेशनमा बसोबास गर्छिन। उनको घरको मूल्य मात्र अहिले १ दशमलव २ करोड छ। नेहाले २०२० मा ऋषिकेशमा महंगो घर खरिद गरेकी थिइन। उनीसँग अहिले ओडी र बिएमडब्ल्यू जस्ता सुविधासम्पन्न महंगा गाडी छन्।  
 

प्रतिक्रिया